काठमाडौं । टिप्परहरुले कानुन नमान्दा सडक दुर्घटना बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले माग गरेका छन्।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन। उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानुन मान्ने नगरेको उनको आरोप छ ।
टिप्परको व्यवस्थापनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ।
उनले भने, ‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरूले कानुन मान्दैनन्। टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ। अर्को कुरा, सीतापाइला र धार्केमा टिपर हिड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन्।’
उनले सरकारले सडक दुर्घटना न्युनिकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।


































