National life

छापिएका लाइसेन्सको विवरण वेबसाइटमा राख्न सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.1kShares
छापिएका लाइसेन्सको विवरण वेबसाइटमा राख्न सुरु
ncell

काठमाडौँ। सुरक्षण मुद्रण केन्द्रले अबदेखि छापिएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ।

सेवाग्राहीलाई तयार भइसकेका लाइसेन्सबारे सहज जानकारी दिन र वितरण प्रक्रिया छिटो बनाउन यो व्यवस्था लागू गरिएको हो। केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार, उत्पादन भएका लाइसेन्सको विवरण नियमित रूपमा सार्वजनिक गरिँदै आइएको छ।

साथै, यातायात व्यवस्था विभाग तथा सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी छापिएका कार्डहरू सम्बन्धित स्थानमा पठाउने व्यवस्था पनि मिलाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। दुई सिफ्टमा भइरहेको छपाइमार्फत असार मसान्तसम्म करिब २९ लाख लाइसेन्स उत्पादन गर्ने लक्ष्य राखिएको छ।

ढुङ्गानाका अनुसार विभिन्न जिल्लामा अझै ६८ हजारदेखि एक लाखसम्म लाइसेन्स छाप्न बाँकी रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि लाइसेन्स छपाइको गति बढाइएको हो।

२०७२ सालदेखि लागू भएको स्मार्ट लाइसेन्स सुरुदेखि नै छपाइमा ढिलाइ हुँदै आएको थियो। सुरुवाती समयमा दैनिक करिब पाँच हजार माग हुँदा पनि करिब २ हजार ५०० मात्र छापिने भएकाले बक्यौता क्रमशः बढ्दै गएको थियो।

हाल यो सङ्ख्या करिब २९ लाख पुगेको छ । यसका कारण सेवाग्राहीले छापिएको लाइसेन्स पाउन तीन वर्षसम्म कुर्नुपर्ने अवस्था रहँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?