National life

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग बापतको महसुल तिर्नै पर्ने सांसदहरूको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
1.5kShares
‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग बापतको महसुल तिर्नै पर्ने सांसदहरूको माग
ncell

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्नै पर्ने बताएका हुन् । महसुल उठाउनुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्ने सरकारको निर्णय लज्जास्पद भएको उनीहरूको भनाई छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई हटाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय गलत भएको धारणा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा आपत्ति प्रकट गरेका हुन्।

उनले ठुला व्यवसायीले विद्युत् महसुल तिर्नु नपर्ने भए अरू उपभोक्ताले महसुल तिर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरेका हुन् । सांसद हितबहादुर तामाङले लोडसेडिङ अन्त्य गरेर मुलुकलाई उज्यालो प्रदान गर्दै नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यकारी निर्देशक कुलमान घिसिङको मनोबल गिराउने र कारबाहीको प्रपञ्च गर्ने प्रयास सरकारले गरेको उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?