National life

निराशामा देखिएको अर्थतन्त्रले सुधारको बाटो पक्रेको छ : अर्थमन्त्री महत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
1.2kShares
निराशामा देखिएको अर्थतन्त्रले सुधारको बाटो पक्रेको छ : अर्थमन्त्री महत
ncell

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन।

आज बिहान मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको उनको भनाई छ। बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ ।

चालू खातामा ५९ अर्ब बचत रहेको छ। बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत भएको उनले बताए । तर यतिमा नै खुसी भएर बस्न नहुने बताउँदै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्नु पर्ने उनले बताए ।

समग्रमा आर्थिक सूचक सकारात्मक भएर गए पनि ग्राउन्डमा हुने उत्पादन वृद्धि तथा रोजगारी वृद्धिमा केही समय लाग्ने र यो काम रातारात नहुने महतले स्पष्ट पारे । उनले ऋण प्रवाहमा वृद्धि, पर्यटन आवागमनमा उच्च वृद्धि, विप्रेषणमा वृद्धि लगायतले बाह्य परिवेशमा देश ‘कम्फरटेबल’ अवस्थामा रहेको जिकिर गरेका छनु् ।

सेयर बजार तल भयो भन्ने गुनासो रहेकोमा मौद्रिक नीतिपछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको उनको भनाई छ । घरजग्गा कारोबार पनि बढ्ने क्रममा छ । उपभोक्तामा मानसिकता आत्मविश्वासको कमीको कुरा छ ।

उपभोक्ताहरूलाई उपभोग गरौँ कि नगरौँ भन्ने द्विधा छ, लगानीकर्ताहरूलाई लगानी गरौँ कि नगरौँ भन्ने द्विधा छ, त्यो पनि अन्त्य हुँदैछ,’ अर्थमन्त्री महतले भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?