काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा फेरबदल गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रवार लतिपुरमा बीमा सर्भेवर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका हुन।
प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार आउने अपेक्षा रहेको बताएका छन् ।
प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने महतको भनाई छ। बीमा कम्पनीहरूले बीमा लिने बेलामा आकर्षक विज्ञापन गर्ने तर दिने बेलामा झन्झटीलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्नुपर्ने उनले महतको आग्रह छ।
बीमा कम्पनीहरूले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिने बेलामा अनेकौँ मझौला गराउँदा बीमा गराउनेहरू कम हुँदै गएको अर्थमन्त्री महतको भनाइ छ । बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणलाई निर्मम भएर काम गर्न समेत अर्थमन्त्री महतले आग्रह गरेका छन्।


































