National life

नीतिअनुसार लगानी विशिष्टकृत बनाउने रणनीति लिएका छौ: सिईओ पराजुली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
655Shares
नीतिअनुसार लगानी विशिष्टकृत बनाउने रणनीति लिएका छौ: सिईओ पराजुली
ncell

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले लगानी विविधीकरणलाई जोड दिँदै अगाडी बढेको बताएका छन् ।

आज कम्पनीको २३औँ वार्षिकोत्सवको अवसरमा शुभकामना तथा सन्देशमूलक भिडियो सार्वजनिक गर्दै प्रमुख पराजुलीले सम्पूर्ण ग्राहक तथा बीमित, अभिकर्ता, नियामक निकाय, शेयर धनी तथा कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै लगानी नीतिअनुसार विविधीकरणमा जोड दिएको वा लगानी विशिष्टकृत बनाउने रणनीति लिएको बताएका छन्।

लगानी विविधीकरणलाई जोड दिदैं नेपाल लाइफले आफ्नो सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको समेत सैद्दान्तिक सहमति प्राप्त गरिसकेको पराजुलीले बताए । यो वर्षमा कम्पनीले विशेष कुराहरूलाई फोकस गरेर अगाडी बढी रहेको पराजुलीले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सबैभन्दा पहिला संस्थाले इन्नोभेटिभ प्रडक्टहरुलाई विशेष प्राथमिकता दिई अगाडी बढ्नेछ, मार्केट सुहाउँदो मूल्यमा बीमा प्रडक्टहरू बिक्री गर्ने कम्पनीको विशेष प्राथमिकता रहनेछ’ उनले भने, कम्पनीले डिजिटल ट्रान्सफरमेसनको विशेष प्रोजेक्ट अनबोर्ड गरेर अगाडी बढिरहेको छ, जसले ग्राहकको सेवा सुविधालाई विशेष प्राथमिकता दिनेछ ।’

यसका साथै डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टले बीमा अभिकर्ताहरूले कसरी टेक्नोलोजीको प्रयोग गरेर व्यवसाय वृद्धि गर्न सक्ने, संस्थाले आफ्नो कस्ट अफ अपरेसनलाई घटाउने वा रिस्कलाई कम गर्ने भन्ने कुरा समेत समेट्ने रिजालले बताए ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?