National life

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील बनाउन सरकार प्रयत्नशील छ: गृहमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
580Shares
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील बनाउन सरकार प्रयत्नशील छ: गृहमन्त्री
ncell

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् ।

आज राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सी.स.१६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको जानकारी गराएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताए।

राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्‍याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रूपमा स्थापित भएको लेखकको भनाई थियो । परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायको प्रवन्ध गरेको धारणा राखे।

स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापूर्वक जिम्मेवारी पूरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिति सशस्त्र प्रहरी संगठनको छ, उनले भने, जिम्मेवारी सम्पादन गर्ने शिलशिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ।' सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेसागत रूपमा दक्ष एवं क्षमतावान् बनाई राज्य प्रदत्त जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?