National life

नेपालमा वैदेशिक लगानी बढाउन विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
727Shares
नेपालमा वैदेशिक लगानी बढाउन विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
ncell

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी बन्न  अमेरिका पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

विभिन्न देशका पदाधिकारीहरूसँगको भेटघाटका ढकालले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरूमा समेत संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग भेटवार्ता गर्दै अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिएका छन्।

उक्त भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने आश्वस्त पार्दै नेपालमा लगानी बढाउनका लागि विभिन्न निकायलाई आग्रह गरेका हुन ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?