National life

लगानीमय वातावरण निर्माण गर्न थप कानुन संशोधनको आवश्यक छ: अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
1.2kShares
लगानीमय वातावरण निर्माण गर्न थप कानुन संशोधनको आवश्यक छ: अध्यक्ष ढकाल
ncell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउनका लागि थप केही कानुन संशोधनको आवश्यक रहेको जिकिर गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकै पटक अध्यादेशमार्फत कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको भन्दै गुनासो पोखेका छन् ।

सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो। कानुनहरू संशोधन भए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ। ढकालले भने

आन्तरिक होस् वा बाह्य लगानी भित्र्याउनका लागि कतिपय कानुन अझै परिवर्तन गर्न आवश्यक रहेको ढकालको भनाई छ। वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै उनले निजी क्षेत्रले यसलाई स्वागतका रूपमा लिएको उल्लेख गरेका छन् ।

महासंघको सुझावअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भन्ने प्रस्ताव गरेकोमा आयोग गठन गरेर निजी क्षेत्रलाई पनि सहभागी गराएर निजी क्षेत्रलाई समेट्न खोजिएकोमा धन्यवाद व्यक्त गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?