National life

पाथीभरामा व्यावसायिक वातावरणप्रति गलत सन्देश प्रवाह गर्न खोजियो: अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
925Shares
पाथीभरामा व्यावसायिक वातावरणप्रति गलत सन्देश प्रवाह गर्न खोजियो: अध्यक्ष ढकाल
ncell

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरामा व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको बताएका छन् ।

आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले पाथीभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले व्यवसायीक वातावरण भड्काउने काम भएको बताएका छन् ।

मुलुकमा लगानी र ताप्लेजुगका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथीभरामा केबलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लावासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको जनाएका छन् ।

उक्त स्थलमा काम सुरु भए लगत्तै जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृत्तिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन् भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको अध्यक्ष ढकालको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै यी र यस्ता विषयमा राज्य निर्मम बनेर सोच्नुपर्ने बताएका छन् ।

पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसार भरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरूमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको ढकालको भनाई छ ।

बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशीलहरूलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरूलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान गरेका छन् ।

सबै राजनीतिक दलका नेताहरू, सबै संघ संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोत सृजना गर्न सबै पक्ष एकै ठाउँमा उभिनु पर्ने आवश्यकता पनि अध्यक्ष ढकालले औँल्याए।

पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनीति नगर्न र पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने रोजगारी सृजना हुने, राजश्व वृद्धि हुने हो र मुलुक समृद्ध हुनेमा कसैको दुई मत नरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?