National life

प्रधानमन्त्रीलाई रविको प्रश्न: दोषी ठहर भएका मन्त्री ज्वालाले राजीनामा दिनुपर्दैन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
529Shares
प्रधानमन्त्रीलाई रविको प्रश्न: दोषी ठहर भएका मन्त्री ज्वालाले राजीनामा दिनुपर्दैन ?
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले जाँचबुझ आयोगले  दोषी किटान गरिसकेको अवस्थामा न मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मा कुनै कारबाहीको छनक समेत नदेखिएको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरेका छन् ।

‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भए पनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ’, लामिछानेले भने, ‘ नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् ।’

सभापति लामिछानेले रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट सुरु गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले ललिता, सुन र भुटानी शरणार्थी लगायतमा हेरिएको भन्दै आफ्ना मान्छेको अनुहार आउने वित्तिकै कमजोर बनाउने न्यायालयलाई समेत बदनाम गरिएको भन्दै व्यंग्य गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?