National life

बिचौलियाको हाबी भएको कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन: प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
756Shares
बिचौलियाको हाबी भएको कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन: प्रचण्ड
ncell

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई जोगाउन सक्रिय बनेको आरोप लगाएका छन्। आज, रुपन्देहीको भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटका क्रममा प्रचण्डले यस्तो बताएको हुन् ।

अध्यक्ष प्रचण्डले सरकार बनाउँदा काँग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको बताए । उनले भने, ‘अहिले गभर्नरको लागि बिचौलियाको तानातान छ तपाईंहरुलाई लाग्छ होला पार्टीहरूको बिचमा भागबन्डा मिलेको छैन तर, कुरा नमिलेको बिचौलियाको कारण हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही सन्दर्भमा प्रचण्डले स्वार्थ समूहको बिगबिगी भइरहेको अवस्थामा मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन्।

वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शी सरकार भएको टिप्पणी गर्दै सरकार असंवैधानिक भएको  पाटी अध्यक्ष प्रचण्डको आरोप छ ।

 

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?