काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता सहित सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए। नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ । देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडौँ आएका छन्।


































