National life

रा.वा. बैंकको गण्डकी प्रादेशीक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
774Shares
रा.वा. बैंकको गण्डकी प्रादेशीक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन
ncell

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गण्डकी प्रादेशिक कार्यालय भवनको शनिवार पोखरामा उद्घाटन गरेका छन् । सोही उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।

उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् । देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न सक्षम रहेको दाबी गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्ने गरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको भनाई राखेका छन् । सोही कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर्जा प्रक्रियामा सरलीकरण तथा न्यून ब्याजदर निजी क्षेत्रको चाहना भएको बताए।

सरकारी बैंक भएको नाताले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकसँग सुलभ कर्जा दिने दायित्व रहेको बताउँदै उनले आउँदा दिनमा बैंक अझ उद्योगी/व्यवसायी मैत्री बनोस् पोखरा उद्योग वाणिज्य संघ बैंकिङ साक्षरता डिजिटल लिटरेसीमा सहकार्य गरोस् भन्ने चाहना व्यक्त गरे।

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?