National life

उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको छ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
1.5kShares
उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको छ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । आज बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र दबाबमा रहेपनि यसवाट बाहिर निस्कन खोजिरहेको बताएका छन् ।

साथै उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी पनि गरेका छन् । उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्व समुदायमा गएको पनि बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले अर्थ मन्त्रालयले राजस्व छुटका विषयमा होसियार रहेको बताउदै राजस्व चुहावट रोक्नमा समेत ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।

यसै गरी उनले अहिले बैङ्कहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए । उनले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको समेत स्पष्ट पारे ।

बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या कायमै रहेकाले यसलाई समाधान गर्न निरन्तर क्रियाशीलता जरुरी रहेको औँल्याए। विदेशी सहयोगमा ऋणको अनुभव निकै तितो रहेकाले अब अनुदान सहयोगमा ध्यान दिनुपर्नेमा उनको जोड थियो। उनले परिणाम नदिने आयोजनामा ऋण लिने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गरे।

त्यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले पुँजीगत खर्च बढाउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने सुझाब दिए। नयाँ चरणको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?