National life

पहिले फाइदा लिइरहेकाहरूले अत्तालिएर भ्रम फैलाइरहेका छन् : अर्थमन्त्री वाग्ले

सुशासन सुधारका लागि माइक्रो सिण्डिकेट अन्त्य गर्ने सरकारको दाबी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
1KShares
पहिले फाइदा लिइरहेकाहरूले अत्तालिएर भ्रम फैलाइरहेका छन् : अर्थमन्त्री वाग्ले
ncell

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको सुशासन सुधार र आर्थिक संरचनामा ठूला परिवर्तन गर्ने उद्देश्यसहित सरकार अघि बढिरहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुरानो नीतिगत नियन्त्रण र सीमित समूहद्वारा हुने प्रभाव (पोलिसी कब्जा) तथा साना–ठूला ‘सिण्डिकेट’ प्रणाली अन्त्य गर्ने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गरे।

उनका अनुसार अहिले परिवर्तनबाट प्रभावित भएका केही समूहले भ्रम फैलाउने प्रयास गरिरहेका छन्, तर त्यो अवस्था दीर्घकालीन नहुने उनको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले अबको आर्थिक प्रणाली निष्पक्ष प्रतिस्पर्धा (लेभल प्लेइङ फिल्ड) मा आधारित हुने स्पष्ट पारे।

वाग्लेले राजनीतिक, नियामक तथा आर्थिक संरचनाहरू कुनै व्यक्ति वा सीमित शक्तिको नियन्त्रणमा रहने अवस्था अन्त्य हुँदै गएको दाबी गरे। उनले सक्षम र स्वच्छ नेतृत्वमार्फत नियामक निकायहरूलाई प्रभावकारी बनाउने योजना रहेको पनि बताए।

उनका अनुसार सरकारको लक्ष्य निजी क्षेत्रलाई अझ सक्षम बनाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने र व्यवसाय सञ्चालनमा रहेका पुराना अवरोध हटाउने हो, जसले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

उनले डिजिटल सेवा विस्तारमार्फत सरकारी सेवा नागरिकको घरमै पुर्‍याउने योजना पनि अघि बढिरहेको उल्लेख गर्दै यसले विचौलियाको भूमिका घटाउने र भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्ने विश्वास व्यक्त गरे।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?