National life

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच द्धन्द्ध बढ्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
1KShares
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच द्धन्द्ध बढ्दै
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेल आमने–सामने भएका छन् । प्रधानमन्त्री केपी ओलीले अमेरिका जानु अघि अर्थमन्त्री विष्णु पौडेल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र मुख्य सल्लाहकार विष्णु रिमालसहितलाई राखेर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती सम्बन्धी अहिलेको प्रक्रिया रद्ध गरि नयाँ प्रक्रिया आरम्भ गर्ने बाटो खोल्न भनेका थिए ।

ओलीले अहिलेको प्रक्रियामा पाँच अर्ब कमिसनको खेलको विषयमा अख्तियारमा उजुरी परेको, माओवादी अध्यक्ष प्रचण्ड र वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष बनाउने विषयमै कुरा नमिलेपछि आफ्नो सरकार ढालिएको जस्ता आरोप लगाएकाले अब नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्षमा आफू पुगेको बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्रीले अहिलेको प्रक्रियाबारे अदालतको अन्तरिम आदेश रलाई प्रभाव नपर्ने गरि नयाँ प्रक्रियामा जाने उपाय तयार पार्न अर्थमन्त्रीलाई भनेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार विष्णु रिमाल र डा. युवराज खतिवडासँगै राखेर आफूलाई नयाँ प्रक्रियामा जान प्रधानमन्त्रीले निर्देशन दिएपछि अर्थमन्त्री विष्णु पौडेलले भने त्यसलाई हस्तक्षेपका रुपमा बुझेका थिए ।

अर्थमन्त्री पौडेलले, प्रधानमन्त्री ओली अमेरिका उडेपछि आफू निकटस्थ केहि नेताहरुसँगको भेटमा आफुलाई घेराबन्दीमा पारिएको र असाध्यै हस्तक्षेप गरिएको भन्दै बिद्रोह गर्ने बताएको उनी निकट स्रोतहरुको भनाई छ । यसैबीच मन्त्री पौडेलले चीन उड्नु अघि योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र अर्थ सचिव डा. राम प्रसाद घिमिरेलाई बोलाएर धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीका लागि अन्तरवार्ताका लागि बोलाए ।

असोज ७ गते अर्थमन्त्री पौडेल चीन उडे भने छनौट समितिले असोज १० गते अन्तरवार्ताका लागि सूचना निकाल्यो । योजना आयोगका उपाध्यक्ष रहेका डा. शिवराज अधिकारी पाल्पाली र अर्थ सचिव डा. घिमिरे गुल्मेली भएकाले दुबैलाई ती जिम्मेवारीमा ल्याउन अर्थमन्त्री विष्णु पौडेलकै जोडवल रहेको बुझिएको छ । यस्तै पौडेलले लगानी बोर्डका सीईओ समेत आफू निकटका सुशिल ज्ञवालीलाई नियुक्त गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको असार १ गतेको बैठकमा केपि ओलीले ५ अर्ब खाइसक्यो भनेर मिडियामा आईरहेको समाचारहरु पढेको बताएका थिए । जेठ ३२ गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब कमिसनको खेल रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सी–०७९२६८।०८१।०२।३२ दर्ता नम्बर रहेको उक्त उजुरीमा ‘पाँच अर्बको भ्रष्टाचार काण्डबाट देशलाई जोगाउन, ६३ लाख लगानी कर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि पनि सम्मानित अख्तियारले तत्काल अग्रसरता लिएर अहिलेका सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउनु अनुरोध गरिएको छ ।

यता माओवादी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रियामा बिचौलियाहरुको स्वार्थ अनुकुल काम नगरेपछि आफ्नो सरकार नै ढालिएको आरोप लगाउँदै आएका छन् । प्रचण्ड र पुनले संसद र सार्वजनिक समारोहहरुमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रकरणकै कारण आफ्नो सरकार ढालिएको विषयलाई अहिलेसम्म पनि निरन्तर उठाईरहेका छन् ।

धितोपत्र बोर्डमा अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका थिए । तिमध्ये धितोपत्र बोर्डकै कार्यकारी निर्देशकद्धय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ टप पाँचमा छानिएका थिए । उनीहरुमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले अन्तरवार्ता दिएका थिए भने डा। अधिकारी, कार्की र चापागाईँले अन्तरवार्ता बहिष्कार गरेका थिए । अन्तरवार्ता बहिष्कार गर्ने तीनै जना माओवादी पार्टी निकट मानिन्छन् । उनीहरुलाई माओवादी पार्टीकै चाहना अनुसार अन्तरवार्तामा उपस्थित नगराईएको आरोप छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?