National life

विद्यार्थी मूल्यांकनको नयाँ विधि: घरमा गरिने दैनिक कामकाजलाई परीक्षा नतिजामा जोडिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
714Shares
विद्यार्थी मूल्यांकनको नयाँ विधि: घरमा गरिने दैनिक कामकाजलाई परीक्षा नतिजामा जोडिने
ncell

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी मूल्यांकनको नयाँ कार्यशैली अपनाएको छ ।  मन्त्रालयले विद्यार्थीको सिकाइ प्रक्रिया अन्तर्गत घरमा गरेको कामको समेत मूल्याङ्न गरेर परीक्षामा नम्बर दिने निर्णय गरेको छ।

शिक्षा मन्त्री विद्या भट्टराईले मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको जनाएका छन् । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन निर्देशन दिएको मन्त्री भट्टराईको भनाई छ । पछि समस्या नआउने गरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा मूल्याङनको विधि तय गर्न लागेको उनको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात-तरकारी पकाए, भाइ-बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे सोही कामलाई आधार मानेर नम्बर दिनेगरि मूल्यांकन विधि तयार गर्न लागेको उनको भनाई छ ।

साथै, विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने र त्यसकै आधारमा नतिजा प्रकाशन गर्ने मन्त्रालयको भनाई छ ।

कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ। कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको मन्त्री भट्टराईका भनाई छ । यस किसिमको मूल्यांकन विधिले विद्यार्थीको कामको सम्मान र सीप मूलक सिकाइ हुने अपेक्षा राखिएको उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?