National life

सबै समुदायको अपनत्व रहने गरी गुठी बिधेयक ल्याउछौंः मन्त्री अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
715Shares
सबै समुदायको अपनत्व रहने गरी गुठी बिधेयक ल्याउछौंः मन्त्री अधिकारी
ncell

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताए ।

कार्यदलका सदस्य र सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।  पुरानो कानुनमा भएका राम्रा कुरा अङ्गीकार गर्दै परिर्वतीत समय र सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको मन्त्री अधिकारीको भनाई छ ।

गुठी जग्गा जमिनको विषय मात्र नभएर काठमाडौँ उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ—आफ्नो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको मन्त्री अधिकारीको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तत्कालका समस्या र दीर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र विगतका कमी कमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाउने धारणा राखे । २०७५ सालमा नेवा समुदायलेले गरेको गुठी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्ने र बढी भन्दा बढी सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको उनले जानकारी गराए ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?