National life

सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त रहेको नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
905Shares
सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त रहेको नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्छ
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणको मामिलामा नेपाल जोखिमयुक्त मुलुकमा सूचिकृत भएपनि अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने सम्भावना प्रशस्त रहेको जनाएका छन् ।

आज सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रम गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण मुलुक ९ग्रे लिष्ट० मा जाने अवस्था देखिएको बताए ।

आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना कायम रहेको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले एफएटीएफले सम्पत्ति शुद्धीकरण गैर कानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेका मापदण्ड पूरा नभएको आधारमा एपीजीले सम्पत्ति शुद्धीकरणको कालोसूचीमा लैजाने धारणा राखेका छन् ।

उनले एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताएका छन् । नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भने पनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरू बनेको अधिकारीको भनाई छ। उनले आवश्यक कानुन, नियमावलीहरू बनिसकेको समेत बताएका छन् ।

नियमनकारी निकायहरूले जोखिमका ठाँउहरु पत्ता लगाएर जोखिम न्यूनीकरण गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुपर्ने उनको धारणा छ। उनले नियमनकारी निकायहरूले समन्वयात्मक रूपमा काम गरे ग्रे लिस्टमा परे पनि चाँडै बाहिर आउनसक्ने विश्वास व्यक्त गरेका छन् । साथै, क्यास कारोबार बढी जोखिमयुक्त कारोबार भएकाले नेपालमा थ्रेस होल्ड तोकिएको बताए ।

उनले पछिल्लो दिनहरूमा डिजिटल कारोबारहरू बढ्दै गएको भन्दै त्यसमा प्रशस्त मात्रामा फल्डहरु हुने र टेक्नोलोजी एडभान्समेन्टको फलस्वरूप क्रिप्टो लगायतमा आफ्नो सम्पत्तिहरू लैजाने प्रयोगहरू बढ्न थालेको बताए। उनले विश्वभर यस्ता जोखिमहरूलाई नयाँ किसिमले समाधान गदै जानुपर्ने अवस्था रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?