National life

सरकारले मनोमानी कर बढाएको कारण उद्योग, व्यापार तहसनहस भएको छ: प्रभु साह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
913Shares
सरकारले मनोमानी कर बढाएको कारण उद्योग, व्यापार तहसनहस भएको छ: प्रभु साह
ncell

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहेका प्रभु साहले सरकारको मनोमानीका कारण कर प्रणालीले मुलुकको उद्योग, व्यापार ध्वस्त हुँदै गइरहेको बताएका छन् ।

तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उद्योगी,व्यापारी, सर्वसाधारण लगायत समस्यामा पर्दै गइरहेको साहको धारणा छ । काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटवार्तामा आफ्नो धारणा राख्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । मनोमानी करको विरुद्धमा संघर्षको विकल्प नभएको उनको धारणा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सरकार अहिले विदेशीसँग ऋण लिएर त्यसमा लुट्ने काम गरिरहेको छ’, ‘नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ।’शाहले भने । हरेक क्षेत्रमा मनोमानी कर बढाएको कारण सबै क्षेत्र तहसनहस हुँदै गएको उनको धारणा छ । साथै सरकार जनताको मुद्दामा केन्द्रित हुन नसकेको उनको आरोप छ ।

यो समाचार शेयर गर्नुहोस्
913SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?