National life

सञ्चालनमा रहेका चार बीमा कम्पनीले जेठसम्म गरे २४ करोड बराबरको व्यापार  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
957Shares
सञ्चालनमा रहेका चार बीमा कम्पनीले जेठसम्म गरे २४ करोड बराबरको व्यापार  
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अर्थात् जेठसम्मको अवधिमा निर्जीवन लघु बीमा कम्पनीहरूले झन्डै २४ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन्। हाल सञ्चालनमा रहेका चार वटा कम्पनीले उक्त रकम बराबरको व्यापार गरेका हुन् ।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकको अनुसार ४ निर्जीवन लघु बीमकले उक्त ११ महिनाको अवधिमा १ लाख ४ हजार २७९ वटा बीमालेख जारी गर्दै २३ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

नेपाल माइक्रोले यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले ४३ हजार १९७ वटा बीमालेख जारी गर्दै ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै दोस्रोमा प्रोटेक्टिभ माइक्रोले स्थान शुरक्षित गरेको छ। यो लघु बीमकले २५ हजार १३५ वटा बीमालेख जारी गर्दै ७ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ।

यो कम्पनीले २६ हजार ५८९ वटा बीमालेख जारी गर्दै ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै उक्त अवधिमा ट्रस्ट माइक्रोले २ करोड २० लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ९ हजार ३५८ वटा बीमालेख जारी गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
957SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?