National life

सहकारी क्षेत्रको समस्या र समाधान सहितको यथार्थ बाहिर आउनुपर्छ: उपरजिष्ट्रार उपाध्याय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
715Shares
सहकारी क्षेत्रको समस्या र समाधान सहितको यथार्थ बाहिर आउनुपर्छ: उपरजिष्ट्रार उपाध्याय
ncell

काठमाडौँ । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले हालको समयमा सहकारीमा आएको समस्या र समस्या आउनु पछाडिको कारणसहित समाधानका उपायहरू पहिचान गर्न अत्यावश्यक रहेको बताएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा बुधवारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा आफ्नो भनाई राख्दै उपाध्यायले वर्तमान सहकारीको समस्या समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका छन्।

सहकारी सामूहिकताको विषय भए पनि सामूहिकतामा गरिएको काम किन असफल भइरहेको छ सो विषयको समीक्षा गर्नु पर्नेमा उपाध्यायको जोड छ । सामूहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टीकाटिप्पणी हुनु राम्रो विषय नभएको उनको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सहकारीले के कस्तो योगदान गरेको छ, त्यसको यथार्थ विवरण नहुँदा पनि सहकारीमा समस्या भएको छ,’ उनले भने, ‘यो विषयमा पनि अभियानले भूमिका खेल्नुपर्छ, वास्तविकता बाहिर ल्याउन सके अभियानको महत्व अझ बढेर जानुको साथै राज्यले समेत यसको महत्व थाहा पाउने उपाध्यायको भनाई रहेको छ ।’

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?