National life

सांसद तिमिल्सनाको पश्न: सरकारले कमिसन खान दूध किसानको भुक्तानी नगरेको हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
506Shares
सांसद तिमिल्सनाको पश्न: सरकारले कमिसन खान दूध किसानको भुक्तानी नगरेको हो ?
ncell

काठमाडौं। नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी रोकेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने।

कांग्रेस सांसद तिमिल्सनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपंक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने ‘प्रतिपक्षमा हुँदा आवाज उठाउनुभएको थियो । अहिले कृषिमन्त्री भएको १० दिन भइसक्यो । कहिले पाउने हो दूध किसानले भुक्तानी ?'

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?