काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र नतिजामुखी बनाउनका लागि विद्यमान ऐन नै परिवर्तन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताए ।
आज सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन्। मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन सरकार लागि परेको बताए । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलले जानकारी दिएका छन् ।

































