National life

अख्तियारद्वारा मेडिकल ल्याव टेक्नोलोजिष्ट भट्टराईविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
552Shares
अख्तियारद्वारा मेडिकल ल्याव टेक्नोलोजिष्ट भट्टराईविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले बिहीबार विशेषमा मुद्दा दायर गरेको हो ।

भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ५० हजार रुपैँया घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो र कैद सजायको मागदावी लिएर विशेषमा मुद्दा दायर गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको हाे ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?