National life

दानमा प्राप्त जग्गा किनेको देखाउने वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
537Shares
दानमा प्राप्त जग्गा किनेको देखाउने वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनिमियतता गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ तत्कालीन वडाअध्यक्ष रमेश कुमार बस्नेतसहित, गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुले लिखुपिके गाउँपालिका–२ को भवन निर्माणको लागि जग्गा निःशुल्क दानपत्रमार्फत प्राप्त गरी उक्त दानपत्रबाट प्राप्त जग्गालाई छ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानीको लागि लिखुपिके गाउँपालिकाबाट भुक्तानी लिएको आयोगले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निजहरुलाई छ लाख रुपैयाँ बिगो कायम गरी बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने रकम छ लाख रुपैयाँ भुक्तानी लिई, दिई, दिन लगाई रमेश कुमार बस्नेत, राजेन्द्र भण्डारी र जीवन सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भएबमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?