काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा इन्द्रजात्रा मनाउन पुगेकाहरू बालेन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालेन नाम र फोटो सहितको टिसर्ट लगाएका १३ जना बालेन समर्थकलाई प्रहरीले नियन्त्रणमा प्रहरी वृत्त जनसेवामा पुर्याएको छ । यता प्रहरीले भने नियन्त्रण लिएको नभएर सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जानकारी दिएको छ ।
एक प्रहरी प्रमुखले आर्थिक भ्वाईससँग भने पक्राउ भनेर गलत समाचार फैलाउन हुँदैन उहाँहरू केही उत्तेजित हुनुभएको कारण स्थानीयहरूसँग विवाद र झडपको स्थिति देखिएकोले प्रहरी परिसरमा राखिएको हो।
यो सुरक्षाको एउटा पाटो हो। उहाँहरूलाई पक्राउ गरेर हिरासतमा राखिएको होइन ।
बालेन समर्थक र अन्य उपस्थित मान्छेको हुलले जात्रामा पक्ष विपक्षको नाराबाजी हुल–हुज्जत गर्न थालेको कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।


































