National life

इन्द्रजात्रा हेर्न चीन र अमेरिकाबाट २० पाहुना काठमाडाैं आउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
726Shares
इन्द्रजात्रा हेर्न चीन र अमेरिकाबाट २० पाहुना काठमाडाैं आउँदै
ncell

काठमाडाैं । इन्द्रजात्रा अवलोकनका लागि आउने पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोकाकेन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनमा समेत सहभागी गराइनेछ ।

(इन्द्रजात्रा) अवलोकनका लागि काठमाडौं महानगरपालिकाको निमन्त्रणामा अमेरिका र चीनबाट २० जना पाहुना आउने भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार महानगरको निमन्त्रणामा अमेरिकाको फेडरिसवर्ग सिटी तथा चीनको नान्जिन, छेन्दु, झान्झाउ र सियान सिटीबाट पाहुना आउनेछन् । ०७६ सालदेखि भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई निमन्त्रणा गर्न थालिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्द्रजात्रा अवलोकनका लागि आउने पाहुनाहरूलाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोकाकेन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वायरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकनमा समेत सहभागी गराइनेछ । ‘इन्द्रजात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र हो । यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा यसको आकर्षणलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महानगरपालिकाले जात्रा अवलोकन गर्न देशभित्र र अन्तर्राष्ट्रिय नगरबाट पाहुनालाई निमन्त्रणा गरेको छ,’ महानगरले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ

महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्राका औपचारिक कार्यक्रहरू सुरु भइसकेका छन् । जात्राअन्तर्गतका वन प्रस्थान, लिङ्गो नगर प्रवेशलगायत कर्म सम्पन्न भइसकेका छन् । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ । महानगरले शान्तिसुरक्षा, सरसफाइ, सम्पदाको मर्मत–सम्भार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मतलगायत काम गरिरहेको छ ।

लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रूपमा पूजा गर्ने चलनलाई मल्लकालसँग जोडेर हेर्ने गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?