National life

काठमाडौंमा जग्गाको सरकारी मूल्य बढ्यो, कहाँ कति पुग्यो दर?

उपत्यकामा जग्गाको नयाँ सरकारी मूल्य सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०६ साउन २०८३, बुधबार
1.8kShares
काठमाडौंमा जग्गाको सरकारी मूल्य बढ्यो, कहाँ कति पुग्यो दर?
ncell

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि देशभरका जग्गाको सरकारी मूल्य पुनः निर्धारण गरेको छ। विभिन्न मालपोत कार्यालयहरूले स्थानअनुसार मूल्य १० प्रतिशतसम्म वृद्धि गर्दै नयाँ दर कायम गरेका हुन्।

डिल्लीबजार मालपोत कार्यालयअन्तर्गतका केन्द्रीय व्यापारिक क्षेत्रहरू—केशरमहल, जमल, ठमेल, न्यूरोड र माइतीघर आसपासमा जग्गाको अधिकतम मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ तोकिएको छ। न्यूनतम मूल्य भने ११ लाख रुपैयाँ प्रतिआनाबाट सुरु हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुतलीसडक क्षेत्रमा प्रतिआना ५६ लाख रुपैयाँ कायम गरिएको छ भने कच्ची वा गोरेटो बाटोले छोएका जग्गाको मूल्य २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ। यद्यपि बजारमा वास्तविक कारोबार मूल्य भने सरकारी मूल्यभन्दा फरक रहने गरेको छ।

चाबहिल मालपोत क्षेत्रभित्र गौशालादेखि धोबीखोला चक्रपथ आसपासका जग्गाको मूल्य प्रतिआना ६२ लाख ७० हजार पुगेको छ। यस्तै बल्खु–बनस्थली चक्रपथ क्षेत्रमा प्रतिआना ४९ लाख ३५ हजार र कालीमाटी–विष्णुखोला क्षेत्रमा २३ लाखदेखि ४३ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ।

काठमाडौं जिल्लामा सबैभन्दा कम मूल्य १ लाखदेखि १० लाख रुपैयाँसम्म कायम गरिएको छ, जुन मुख्यतः बाटो नपुगेका जग्गाका लागि हो। केही स्थानमा यस्ता जग्गाको मूल्य १ लाख ४३ हजार रुपैयाँसम्म तोकिएको छ।

भक्तपुरमा भने जग्गाको सरकारी मूल्य यथावत् राखिएको छ। कटुन्जे क्षेत्रमा प्रतिआना ४० लाख र कौशलटार–बालकोट क्षेत्रमा २१ लाख ६५ हजार रुपैयाँ कायम गरिएको छ। उपत्यका बाहिरका क्षेत्रमा समेत मूल्यमा खासै परिवर्तन गरिएको छैन।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?