National life

घरजग्गा कर्जामा बैंकहरुको निराशाजनक लगानी, कुन बैंकको कर्जामा कति घटबढ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
809Shares
घरजग्गा कर्जामा बैंकहरुको निराशाजनक लगानी, कुन बैंकको कर्जामा कति घटबढ ?
ncell

काठमाडौँ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा भने माघमा राजस्व संकलनमा कमी आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

बैंकहरुबाट हुने कर्जा प्रवाहमा देखिएको सुस्तताको कारण घरजग्गा कारोबारमा चमक आउन सकेको छैन । बैंकहरुले आवासीय घर कर्जा विस्तारलाई आक्रामक बनाउन नसक्दा त्यसबापत हुने राजस्व संकलनमा समेत प्रभाव परेको देखिएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायम रहेसँगै कर्जा प्रवाहमा सुस्तता छाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको प्राथमिकता घरजग्गा कारोबार वा कर्जामा रहे पनि बैंकरहरुको अपेक्षा अनुसार उक्त क्षेत्रमा कर्जा प्रवाह हुन सकेको देखिदैन् ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने २ करोडसम्मको आवासीय कर्जामा २१ अर्ब  २९ करोडले मात्रै बढेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट २ करोडसम्मको आवासीय कर्जा ४ खर्ब २ अर्ब १६ करोड रुपैयाँ प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्ष अर्थात २०८० को पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । सो तथ्यांक अनुसार २ करोडसम्मको आवासीय कर्जा १ वर्षमा जम्मा ५.५९ प्रतिशतले बढेको देखिन्छ ।  बैंक तथा वित्तीय संस्थाको ब्याज दर न्यून बिन्दुमा आउदा समेत कर्जा प्रवाहमा शिथिलता कायम छ । कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायम छ ।

वाणिज्य बैंकहरुले आधार दरमा १ प्रतिशतभन्दा पनि कम प्रिमियम दरमा नै घर जग्गा कर्जा उपलब्ध गराउने उल्लेख गर्दै आएका छन्। बैंकरहरुको यस्तो जोड बलका बिच माघ महिना पश्चात् भने यो क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाहमा सामान्य बढोत्तरी भएको देखिएको छ ।  तथापि, सन्तोषजनक अवस्था भने नरहेको केही बैंक वित्तीय संस्थाका प्रमुखहरूको दुखेसो छ ।

यस कारण बढ्न सकेन कर्जा प्रवाह 

बैंक वित्तीय संस्थामा हुने अधिक तरलता कायम छ तर अर्थतन्त्रको बजार भने संकटमा चलेको देखिन्छ । बेस रेटमै कर्जा दिँदा उपलब्ध बनाउँदा समेत अपेक्षा अनुसार घरजग्गा कारोबारमा कर्जा प्रवाह बढ्न सकेको छैन । यस्तो हुनु पछाडि मुख्यतया आर्थिक मन्दी नै प्रमुख कारण देखिन्छ ।

आर्थिक मन्दीले सर्वसाधारण नागरिकको दैनिक जीवनमा पारेको प्रभावका कारण कर्जा लिने क्षमतामा ह्रास आएको देखिन्छ। व्यक्तिगत आम्दानीका स्रोतहरू खस्किँदै जानु। स साना व्यवसायको कारोबार निरन्तर खस्किनु र बैंक वित्तीय संस्थामा कर्जा लिनका लागि आम्दानीको स्रोत पुष्टि गर्न सक्ने आधार नबन्नु लगायतको कारण कर्जा प्रवाहमा सुस्तता कायम रहेको जानकारहरूको भनाई छ ।

विश्लेषक दीपेन्द्र बहादुर क्षेत्रीका अनुसार घर–जग्गा व्यवसायमा देखिएको चरम मन्दीले यो क्षेत्रमा प्रवाह हुने साना कर्जासमेत प्रभावित भएको बताएका छन्। यसअघि कर्जा लिएकाहरूले समेत समयमा साँवा–ब्याज भुक्तानी गर्न नसक्दा कर्जा प्रवाहमा समस्या थप चुलिएको उनको भनाइ छ।साथै, बैंकहरुको खराब कर्जा बढेको छ। गैर बैंकिङ सम्पत्ति पनि बढेको छ। यसैकारण, कतिपय बैंकहरुले अहिले कर्जा प्रवाह भन्दा पनि रिकोभरीमा बढी फोकस गरिरहेको उनले आर्थिक भ्वाइससँग बताएका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २ करोडसम्मको आवासीय कर्जामा ३ खर्ब २२ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकमा उल्लेख छ। यो गत वर्षको तुलनामा ५.२१ प्रतिशतले बढी हो। गत वर्षको यस अवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब ६ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै लगानी गरेका थिए ।

त्यस्तै, प्रस्तुत तालिका अनुसार १ वर्षको अवधिमा ११ बैंकले २ करोडसम्मको आवासीय कर्जामा लगानी गरेका छन् । भने ७ बैंकले कर्जा घटाएका छन् । २ करोडसम्मको आवासीय कर्जामा सबै भन्दा धेरै लगानी गर्ने बैंकमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले यस क्षेत्रमा ५२ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ

                     २ करोडसम्मको आवासीय कर्जा लगानी गर्ने वाणिज्य बैंकहरु

( रकम १० लाखमा)

यो समाचार शेयर गर्नुहोस्
809SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?