काठमाडौं । गत वैशाख महिनामा घरजग्गाको कारोबार बढेको तथ्यांकमा देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकमा गत वैशाख महिनामा १७.२४ प्रतिशतले घरजग्गाको कारोबार बढेको देखिएको हो ।
गत वर्षको वैशाख महिनामा देशभर ४२ हजार ४६१ वटा लिखतपारित भएको अवस्था थियो भने यसपालि सो संख्या यसपटक बढेर ४९ हजार ७८२ पुगेको विभागको तथ्यांकमा जनाइएको छ ।
चालु आर्थिक वर्षको फागुन र चैतको तुलनामा भने घरजग्गाको कारोबार केही घटेको छ। फागुनमा ५० हजार ९९८ वटा र चैतमा ४९ हजार १५० वटा कारोबार भएका थियो ।
वैशाख महिनामा चैत्रमा ४ हजार ५९ वटा नामसारी, ३२ हजार ४३९ वटा जग्गा रोक्का र २६ हजार ८४ वटा जग्गा फुकुवा भएको तथ्याङ्कले विभागले सार्वजनिक गरेको हो ।
साथै, गत वैशाख महिनाको तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व २४.४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको वैशाखमा तीन अर्ब १० करोड रुपैयाँ राजस्व संकलन हुँद यसपालि भने समिक्षा अविधमा तीन अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।


































