काठमाडौँ । दुई जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग गरेका छन्।
पिपुल्स हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित आवेदन दिएको छ। कम्पनीले करिब ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने योजना अघि सारेको हो। यस प्रक्रियामा सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा रहेको छ।
त्यसैगरी, अरुण काबेली पावर लिमिटेडले २:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीले करिब १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार कित्ता सेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसका लागि कुमारी क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निभाएको छ।
दुवै कम्पनीका आवेदन हाल सेबोनको प्रक्रियामा रहेका छन्।


































