काठमाडौं । इन्फिनिटी सेक्युरिटिज मार्फत हुने शेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ । यस सम्झौताले लगानीकर्तालाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको शेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ ।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशीष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजकी चिफ अपरेटिङ अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरेका छन् ।
हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्।
यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिनेछ ।


































