National life

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
1KShares
एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकहरूले आफ्नो SCT–UPI कार्डबाट POS मेसिन मार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UPI कार्ड जारी गर्दै आइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT–UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT–UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?