National life

मुक्तिनाथ विकास बैंकको युवा लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
847Shares
मुक्तिनाथ विकास बैंकको युवा लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा
ncell

काठमाडौं । । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित “मुक्तिनाथ पकेट मनी (Pocket Money) बचत खाता” संचालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै SEE परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्नेछ । सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ्ग प्रोत्साहन गर्न, बचतको महत्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुनजेल सम्मको लागि निः शुल्क मोबाईल बैंकिङ्क सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा MERO SHAR दर्ता लगायत विभिन्न बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामौ रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?