National life

रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
780Shares
रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण
ncell

काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षकमा काभ्रे जिल्लाको रोशी गाउँपालिका स्थित केही क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरूलाई न्यानो पोसाकको आवश्यक भएकोले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यमिक विद्यालयका ४०० जना विद्यार्थीहरूका लागि विद्यालयको जाडो महिनाको पोसाक ट्रयाक सुट वितरण गरेको छ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दीप बहादुर बि.सी, प्रमुख बजार व्यवस्थापन अधिकृत  भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्री दीप बहादुर बि.सी.ले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा, स(साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफूलाई पनि खुसी लागेको र बीमा सबैको लागि आवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिए । अतः बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न सकिने धारणा राखेका छन् ।

कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागी धन्यवाद ज्ञापन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?