National life

सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रूपमा सलिको आबद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
724Shares
सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रूपमा सलिको आबद्ध
ncell

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदूरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कं.लि.(सलिको) का बिचमा सलिको सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको छ।

सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सम्झौता अन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ। रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिको सँगको आबद्धताले आफुहरु अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन्।

त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदूरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान् खेलाडीहरू उत्पादन गर्ने उर्वर भुमी का रूपमा रहँदै आएको कुरा उल्लेख गर्दै, विशिष्ट प्रकारको संस्कृति, भाषा, रहनसहन र भौगोलिक सौन्दर्ययताले भरिपूर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदूरपश्चिम रोयल्स सँग सहकार्यको हात अगाडी बढाउन पाउँदा सिंगो सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) परिवार र स्वयं आफू पनि अत्यन्तै हर्षित भएको कुरा उल्लेख गरेका छन् ।

साथै सबैभन्दा धेरै समर्थकहरूको रोजाइमा पर्न सफल यस टिमको अभिन्न अङ्ग हुन पाउनु सलिकोका निम्ति समेत गौरवको भएको बताए । अन्त्यमा क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधी जीत्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?