काठमाडौँ । आइपीओ जारी गर्ने प्रस्ताव सहित स्यार्पु पावर कम्पनी लिमिटेडले असार २६ गतका लागि वार्षिक साधारण सभा बोलाएको छ।
सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, रुकुम पश्चिम जिल्ला, मुसिकोट नगरपालिका-१, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
उक्त सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात् प्राप्त हुने पुँजी उपयोग गर्नेलगायत सम्बन्धमा छलफल गर्नेछ ।



































