National life

निरञ्जन फूयाल बने एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१९ कात्तिक २०८२, बुधबार
1.5kShares
निरञ्जन फूयाल बने एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ
ncell

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड (NRN) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरञ्जन फूयाल नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको कात्तिक १९ गते भएको बैठकले फूयाललाई आगामी चार वर्षका लागि (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओ फूयाल यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उप-कार्यकारी निर्देशक पदमा कार्यरत रहेका थिए । नेप्सेको १८ वर्ष लामो सेवाबाट असोज दोस्रो सातामा उनले राजीनामा दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनी नेप्सेको कामू नायब प्रमुख कार्यकारी अधिकृत पनि रहेका थिए, जुन सीइओ पछिको सबैभन्दा माथिल्लो पद थियो । गत आइतबार बसेको नेप्से संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो। नेप्से मै रहेको भए फुँयालले अझै १२ वर्षसम्म जागिर खान मिल्ने थियो। तर उनले राजीनामा दिएर एनआरएनको सीइओ बन्न आएका थिए ।

यस अघि सीइओ रहेका हेमन्त बस्याललाई सरकारले नेप्सेको अध्यक्ष नियुक्त गरेपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सीइओबाट बस्यालले राजीनामा दिएका थिए । बस्यालको राजिनामा पछि सीईओ पद खालि रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?