National life

नेप्सेमा आर्थिक मन्दीको प्रभाव,कारोवार रकम ६२ करोडमा सिमित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० वैशाख २०८०, बुधबार
1.8kShares
नेप्सेमा आर्थिक मन्दीको प्रभाव,कारोवार रकम ६२ करोडमा सिमित
ncell

काठमाडौं । बुधवार पनि नेप्से परिसूचक घटेको छ। नेप्से परिसूचक आज ९.१८ अंकले गिरावट हुँदा १८५७.२३ विन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबार रकम पनि आज ६२ करोडमा सीमित भएको छ । १८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उत्पादनमूलक र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । होटल तथा पर्यटन उपसूचक १.४८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.२४ प्रतिशत र अन्य उपसूचक १.०५ प्रतिशतले गिरावट भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?