National life

बिहिबार नेप्से घट्यो, कारोबार ४ अर्ब ५७ करोडमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
830Shares
बिहिबार नेप्से घट्यो, कारोबार ४ अर्ब ५७ करोडमा सीमित
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै १०.६६ अंकको गिरावटसहित २६१५.०३ बिन्दुमा सीमित भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहिबार नेप्सेमा सूचीकृत ३२९ कम्पनीका कुल १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार अवधिमा ६३ कम्पनीको सेयर मूल्य उक्लिँदा १९४ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बाराही हाइड्रोपावर सबैभन्दा धेरै रकमको कारोबार गर्ने कम्पनी बनेको छ। कम्पनीको २४ करोड ७२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। सो कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५३४ रुपैयाँ कायम रहेको छ।

यसैबीच, बिहिबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरको सेयर मूल्य ४.७६ प्रतिशतले घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
830SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?