National life

कारोबार बढ्दा पनि नेप्से ओरालो, केही कम्पनीमा भने उछाल

कारोबार ४.३४ अर्बमा सीमित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
4.9kShares
कारोबार बढ्दा पनि नेप्से ओरालो, केही कम्पनीमा भने उछाल
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सूचक नेप्सेमा गिरावट देखिएको छ। नेप्से परिसूचक ४ अंकले घट्दै २७२४.०३ विन्दुमा झरेको छ।

आज कुल ९८ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा बजारमा ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारका क्रममा ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतसम्म बढेको छ। यस्तै ग्रीन डेभलपमेन्ट बैंकको १३.३१ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्टको ४.१७ प्रतिशत तथा हिमाल दोलखा हाइड्रोपावरको करिब ४ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ, जसको २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै सिटी होटल, आँखुखोला जलविद्युत, बुंगल हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका सेयरमा पनि उल्लेख्य कारोबार भएको बजार तथ्यांकले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?