National life

लक्ष्मी सनराइजको ३० लाख कित्ता डिबेन्चर नेप्सेमा, यस्तो छ ब्याजदर

‘LSD92’ नाममा लक्ष्मी सनराइजको डिबेन्चर सूचीकृत, अब दोस्रो बजारमा कारोबार हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
382Shares
लक्ष्मी सनराइजको ३० लाख कित्ता डिबेन्चर नेप्सेमा, यस्तो छ ब्याजदर
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्सेका अनुसार १० वर्ष अवधिको उक्त डिबेन्चर वार्षिक ७ प्रतिशत ब्याजदरमा सूचीकृत गरिएको हो। बैंक र नेप्सेबीच डिबेन्चर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएपछि धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज १ गतेको निर्णयअनुसार ऋणपत्र सूचीकृत गरिएको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त डिबेन्चरको बिक्री व्यवस्थापन माछापुच्छ्रे क्यापिटल लिमिटेडले गरेको थियो।

नेप्सेमा ‘LSD92’ संकेतमा सूचीकृत भएको डिबेन्चरको दोस्रो बजार कारोबार असोज ८ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ।

लक्ष्मी सनराइज बैंकको प्रधान कार्यालय काठमाडौंको हात्तीसारमा रहेको छ। सूचीकरणपछि डिबेन्चरसँग सम्बन्धित रजिस्ट्रार तथा ट्रान्सफर सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरबाट उपलब्ध हुने जनाइएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
382SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?