National life

पौष महिनाको अन्तिम कारोबार: दोहोरो अंकको गिरावट: कारोबार रकममा सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
877Shares
पौष महिनाको अन्तिम कारोबार: दोहोरो अंकको गिरावट: कारोबार रकममा सुधार
ncell

काठमाडौँ । सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ । आज नेप्से १५.५४ अकंले घटेर २५९४ बिन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन्। आज बैकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.५८ प्रतिशत, फाइनान्स समूहको १.३२ प्रतिशतले शेयर मूल्य घटेको छ।

नेप्से सोमबार फराकिलो अंकले घटेपछि पुनः २५ सयकै लाइनमा आएको हो । बजार पुनः २६ सयको मनोवैज्ञानिक रेखा छोडेर तल झरेपछि लगानीकर्तामा अन्योलता सृजना भएको छ । आज आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

शेयर बजार घटेतापनि ६३ कम्पनीका लगानीकर्ताको शेयरमूल्यमा हरियाली छाएको छ । यस बाराही हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन सुपरमादी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट, सपोर्ट माइक्रोफाइनान्स, नेपाल एसबिआई बैंक लगायतका कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?