National life

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदै छ पहिलो कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.4kShares
बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदै छ पहिलो कारोवार ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आइतबार कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएलगतै सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर BUNGAL सिम्बलबाट कारोबार हुने छ।

बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ गत असोज २ गते बिहीबार बाँडफाँड भएको थियो । गत भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म उक्त कम्पनीले आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् भने बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?