National life

भोलिदेखि आईपीओ निष्कासन गर्न लागेको स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ असार २०८१, बुधबार
1.2kShares
भोलिदेखि आईपीओ निष्कासन गर्न लागेको स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको छ । सेबोनको आज बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले बोर्डलाई मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले असार २७ गतेबाट पहिलो चरणअन्तर्गत बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । सेबोनले गत असार १२ गते प्रतिकित्ता ८२०.८० रुपैयाँ दरको आईपीओ निष्कासनका लागि कम्पनीलाई स्वीकृति दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?