National life

मोदी इनर्जीले भोलि देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै 

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ वैशाख २०८०, सोमबार
2.1kShares
मोदी इनर्जीले भोलि देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै 
ncell

काठमाडौं । मोदी इनर्जी लिमिटेडले भोलि मङ्गलवार  वैशाख १९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरी अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका लागि छुटाएको थियो।

सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अङ्कित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूका लागि छुटाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता शेयर थप गरी कुल ५९ लाख ९५ हजार ४२० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा वैशाख २४ गते हुनेछ भने ढिलोमा जेठ २ गते हुनेछ।

आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?