National life

सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार आजदेखि सुरु, कतिमा भयो पहिलो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.4kShares
सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार आजदेखि  सुरु, कतिमा भयो पहिलो कारोबार ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार आजदेखि सुचारु भएको छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको पहिलो कारोबार ३१९.५ रुपैयाँमा भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.५२ रुपैयाँदेखि ३१९.५६ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेको थियो। कम्पनीको शेयर SAGAR सिम्बलबाट कारोबार भएको हो। गत बिहीबार कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको थियो।

उक्त कम्पनीले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। यो कम्पनी वि.सं. २०६९ सालमा यो कम्पनी स्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार गर्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ भने कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरेको छ ।

यस कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?