National life

साताको अन्तिम कारोबार दिन नेप्सेमा गिरावट, ५ अर्ब ५८ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
814Shares
साताको अन्तिम कारोबार दिन नेप्सेमा गिरावट, ५ अर्ब ५८ करोडको कारोबार
ncell

काठमाडौं । वुधबार दोहोरो अंकले बढेर उत्साह जगाएको शेयर बजार परीसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा एकल अंकले घटेर बन्द भएको छ । वुधबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आएर रोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

आज ३०३ स्टकको १ लाख ८ हजार ४०३ पटकको कारोबारमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन बिन्ध्यबासिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्को १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम साढे १८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत बढेको हो भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.७० प्रतिशत घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
814SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?